काठमाडौं । अवैधानिक रुपमा बैंकबाट लाखौं रकम निकाल्ने ६ जनाको गिरोहलाइ प्रहरीले प्रक्राउ गरि सार्वजनिक गरेको छ । मंसिर ८ गते जनता बैंकका खातावाल गोपालमान राजबाहकको खाताबाट रकम निकालेका थिए । खातावाल राजबाहकको मोबाइलमा पैसा निकालेको म्यासेज आएपछि प्रहरीलाइ खबर गरेका थिए । प्रहरीले गरेको अनुसन्धानबाट उक्त समुहले नक्कली चेकबुक तथा हस्ताक्षरको आधारमा पैसा निकाल्ने गरेको कुरा पत्ता लागेको हो ।
उक्त चोरी प्रकरणमा पक्राउ पर्नेमा सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, सुमन पौडेल र गोविन्द घिमिरे रहेका छन्।
यसरी रकम चोरिएको उजुरुपछि प्रहरीले निगरानी बढाएको थियो । यससँगै त्यहि समुहका एक जना जनता बैंकको न्युरोड शाखामा राजबहकको नामको चेक बोकेर बैंकमा पैसा निकाल्न जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । र पछि सोधपुछको क्रममा उक्त चोरी धन्धामा संलग्न रहेका अन्यलाइ समेत प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।
उनीहरुको साथबाट प्रहरीले नगद १८ हजार ५०० सहित विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि २९० थान, सयौँ व्यक्तिको बैंकमा रहेको रकम उल्लेख भएको २६ वटा हाजिरीखाता खोल्न फोटो टाँसेको फारम ३०० वटा, विभिन्न व्यक्तिको बैंक स्टेटमेन्ट १९५ वटा, विभिन्न व्यक्तिको नाममा जनता बैंकको ५७ वटा चेकबुक बरामद गरिएको छ ।
यस्तै ज्योति बैंक, एभरेष्ट बैंक, माछापुच्छे बैंक, मुक्तिनाथ बैंक, एनआइसी एशिया बैंकका दर्जनौँ चेकबुक पनि फेला परेको छ । उनीहरुका साथबाट ८२५ जनाको फोटो, एनआइसी एशिया बैंकको ८२ वटा र अन्य बैंकको सात गरी ८९ वटा एक्टिभ भएको एटिएम कार्ड फेला परेको छ । रकम उल्लेख गरेर साट्न ठिक्क पारिएको अवस्थाको ३२९ वटा चेक पनि बरामद गरिएको प्रहरीले जनाएको छ । परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटी उनीहरुले खातावालाको सबै विवरण पहिचान गरेर नक्कली हस्ताक्षर दुरुस्त पारी रकम निकाल्ने गरेको पाइएको बताउनुभयो ।
“सामान्य दुई/तीन लाख पैसा निकाल्दा नै बैंकले खातावालालाई फोन गर्छ, तर यहाँ झण्डै १० लाख निकाल्दा पनि खातावालाई जानकारी नहुनुले कर्मचारीको मिलेमतोको आशंकामा अनुसन्धान जारी छ”, बोगटीले भन्नुभयो । उहाँका अनुसार दिनभरि गतिविधि गर्ने र रातिमा उनीहरुले नक्कली हस्ताक्षर बनाउन सिक्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया