कञ्चनपुर पुगेर सभापति देउवाले भने, – ‘कालापानी हाम्रो हो’

लोकपथ संवाददाता
0
Shares
g]sf ;efklt b]pjf dGtJo JoQm ;+3Lo ;+;bcGtu{t k|ltlglw;efsf] t];|f] clwj]zgsf] z’?sf] lbg a’waf/ a;]sf] a}7sdf dGtJo JoQm ub}{ g]kfnL sfFu|];sf ;efklt Pjd k”j{ k|wfgdGqL z]/axfb’/ b]pjf . tl:a/ M /Tg >]i7, /f;;

कञ्चनपुर | नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताउनुभएको छ । उहाँले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।

नेपाल प्रेस युनियन कञ्चनपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाउनुभयो । पत्रकार सम्मेलनमा देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताउनुभयो ।

“कालापानी हाम्रो हो । महाकाली सन्धिअनुसार पनि कालापानी नेपालको हो”, उहाँले भन्नुभयो, “सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको छ ।”

महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको उहाँको भनाइ थियो । भारतले महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?