संवैधानिक आयोगमा पदाधिकारी नियुक्त हुन सकेन

काठमााडौं । अहिले संवैधानिक आयोगमा ४० पद रिक्त भएका छन् । संविधानले व्यवस्था गरेका १३ वटा संवैधानिक आयोगमा पदाधिकारी नियुक्त हुन सकेको छैन । संवैधानिक मान्यता पाएका, महिला, दलित, आदिबासी जनजाति र समावेशी आयोगमा अहिलेसम्म पनि एकजना पनि पदाधिकारी नियुक्त हुन सकेका छैन ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई जना आयुक्तको पद खालि रहेको छ । निर्वाचन आयोगमा पनि आयुक्तहरु सुधीर शाह र इला शर्माको कार्यकाल सकिएपछि पद रिक्त रहेको अवस्था छ । प्राकृतिक वित्त आयोगमा चार जना सदस्यको पद रिक्त छ । भने मधेसी, थारु र मुस्लिम आयोगमा पनि चार चार जना सदस्यको पद रिक्त रहेको छ । समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले राजीनामा दिएपछि पद रिक्त रहेको हो ।

महिला, आदिबासी जनजाति र दलित आयोगमा अध्यक्ष नियुक्त भएको छैन । सत्य, निरुपण तथा बेपत्ता आयोगमा पनि राजनीतिक असहमतिका काराण पदाधिकारी नियुक्त हुन सकेका छैनन् । पदाधिकारी नियुक्तिको लागि समिति गठन भएरपटकपटक छलफल हुँदा पनि नियुक्ति हुन सकेको छैन । प्रत्येक संवैधानिक आयोगमा अध्यक्षसहित चार चार जना सदस्यको पद रहने संविधानमा व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?