डा.बाबुराम भट्टराईले गरे सरकार छाड्ने प्रस्ताव

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकार छाड्ने प्रस्ताव गर्नुभएको छ ।
समाजवादी पार्टीको आज बसेको संघीय परिषद्को बैठकमा अध्यक्ष भट्टराईले सो प्रस्ताव गर्नुभएको हो ।

सरकारको नेतृत्व गर्ने पार्टी (नेकपा) ले एकातर्फ संविधान संशोधन गर्न कुनै चासो देखाएको छैन नदेखाएको र प्रदेश प्रमुखहरुलाई एकलौटी निर्णय गरेर हटाउने काम गरिरहेको आरोप लगाउँदै उहाँले सरकार छोड्ने प्रस्ताव गर्नुभएको हो ।

बैठकमा कार्यपत्र प्रस्तुत उहाँले सरकारले गर्दै साझेदार दलसँग महत्वपूर्ण निर्णय लिँदा सरसल्लाह गर्नुपर्ने सत्ता सञ्चालनको सामान्य मर्यादाको समेत ख्याल नगरेको आरोप लगाउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?