काठमाडौं । संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको विषयमा छलफल गर्न बालुवाटारमा बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ।
बुधवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधिश चोलेन्द्र शम्मेर राणा, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायतको उपस्थिति थियो । तर निकायका पदाधिकारीको विषयमा कुरा नमिल्दा बैठक स्थगित भएको भएको हो । बैठक कार्यसुचीमा नै प्रवेश नगरि स्थगित भएको बालुवाटर स्रोतले जनाएको छ ।
पदाधिकारीको विषय टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, ने क पा अध्यक्ष पुष्पकमल दाहालबीच वार्ता भइरहेको छ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग लगायत संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको विषयमा छलफल गर्ने एजेन्डातय भएको थियो। शिर्ष नेताहरुको परामर्शपछि अर्को बैठकको मिति तय हुने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया