‘हाम्रो भुमि, हाम्रो देश, प्राण भन्दा प्यारो छ’ भन्दै नेविसंघले गर्यो प्रदर्शन (१४ तस्वीरमा)

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बुधबार पनि भारतीय हस्तक्षेपका विरुद्ध प्रदर्शन गरेको छ ।

काठमाडौंको नेपालटारस्थित ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पस (नेविसंघ) को आयोजनामा नेपालटार ,बाइपास ,माछापोखरीक्षेत्रमा भारतीय हस्तक्षेप विरुद्ध प्रदर्शन गरेको हो ।


नेविसंघ निबर्तमान केन्द्रिय सदस्य सुसिल भट्टको नेतृत्वमा भएको बिरोध प्रदर्सनमा नेबिसंघका नेताहरू निरन्जन थापा, इश्वर अधिकारी ,पबन थापा,सन्तोष गुरुङ , सुबास घिमिरे, स्वेच्छा उप्रेती ,ठाकुर प्रसाद नेपाल, किरण भट्टराई ,जिवन राना, प्रबिन गुरुङ ,दिक्षा अधिकारी , विशाल देवकोटा, सन्तोष दाहाल, सौरव घिमिरे, प्रदीप जंग शाह, लगायत विद्यार्थी तथा स्थानीय बासिको उपस्थिति रहेको थियो । विद्यार्थीहरुले “हाम्रो भुमि, हाम्रो देश, प्राण भन्दा प्यारो छ” लेखिएको व्यानरसहित प्रदर्शन गरेका थिए ।

नेपालटार ग्रामिण र एन आर कलेजबाट सुरु भएको विरोध र्याली बालाजु परिक्रमा गरेर क्याम्पसमै पुगेर समापन भएको नेता भट्टले जानकारी दिनुभयो । भारतले नेपाली भूमि कालापानी, लिपुलेकलाई समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा नेविसंघ काठमाडौंका विभिन्न स्थानमा दिनदिनै प्रदर्शन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?