दाङमा कांग्रेस र नेकपाबीच कडा प्रतिस्पर्धा

काठमाडौं । आगामी मंसिर १४ गते हुन लागेको दाङको क्षेत्र नम्बर ३ (ख) को प्रदेशसभा निर्वाचनमा दलहरुको चुनावी प्रचारमा लागेका छन् । उम्मेदवारी मनोननय दर्ता भएसँगै उमेदवारहरु मतदातालाई आफ्नो पक्षमा ल्याउन विभिन्न प्रयासहरु गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट स्वर्गीय वलीकी जीवनसंगिनी विमलाकुमारी खत्री वलीले उमेदवारी दर्ता गराएकी छन् भने नेपाली कांग्रेसबाट केशवराज शर्मा रहेका छन् ।

निर्वाचनमा आफ्नो पक्षमा परिणाम पार्न दुई ठूला दल नेकपा र नेपाली कांग्रेसले बढी सक्रियता देखाएका छन् । विमला यस क्षेत्रबाट आफ्नो जित सुनिश्चित भएको दाबी गर्दे आएकि छन् । भने वर्तमान सरकारले जनभावनालाई बेवास्ता गरेर मनोमानी क्रियाकलाप गरेकाले यस निर्वाचनमा आफ्नो जित हुने कांग्रेसका उम्मेद्वार केशवराज शर्माको भनाइ रहेको छ ।

प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनपछि रिक्त रहेको उक्त क्षेत्रका लागि १४ जनाको उमेदवारी दर्ता भएको छ । जसमा क्रियाशील १२ वटा दल र दुई जना स्वतन्त्र छन् । अघिल्लो निर्वाचनमा जस्तै यस पटक पनि दलहरुमा उत्साह देखिएको छ ।

निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा अहिले २४ हजार ६८ मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?