काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतको सीमाको समस्या अन्तर्राष्ट्रियकरण गर्ने समय नआएको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा र बैठकमा भाग लिँदै प्रचण्डले सीमा समस्या आपसी छलफल र संवाद गरेर टुंग्याउनु पर्ने बताउनुभएको छ ।
प्रचण्डले भन्नुभयो, “सीमा समस्या अहिल्यै अन्तर्राष्ट्रियकरण गर्ने समय भएको छैन, अन्तर्राष्ट्रियकरण गर्यो भने झन् समस्या पैदा हुन्छ। ” उत्तेजना फैलाएर समस्या समाधान नहुने उहाँको भनाइ रहेको छ । आफूहरूले एक इञ्च पनि भूमि नछोड्ने र अरूलाई पनि एक इञ्च भूमि नछाड्ने प्रचण्डले बताउनुभयो । ‘हामी एक इञ्च पनि भूमि छोड्न सक्दैनौं र हामीलाई कसैको एक इञ्च भूमि पनि चाहिएको छैन’, उहाँले भने।
अहिले नेपाल र भारतमा स्थिर सरकार भएकोले समस्या समाधान गर्ने बेला भएको उहाँको भनाइ रहेको छ । सुगौली सन्धिमा लिम्पियाधुरा महाकालीको मुहान हो भनेर स्पष्ट भनिएको उल्लेख गर्दै सो विषय दोहोर्याइ रहनु नपर्ने र नेपालमा सीमाको विषयलाई लिएर अभूतपूर्व राष्ट्रिय एकता कायम भएको बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया