विमानस्थलको सुरक्षा र सरसफाइमा ध्यान दिन मन्त्री भट्टराईको निर्देशन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसरफाइमा ध्यान दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्देशन दिएका छन् । विमानस्थलको सुरक्षा र सरसफाइमा ध्यान दिन निर्देशन दिएका छन् ।

मन्त्री भट्टराई सोमबार विमानस्थल पुगेका थिए । विमानस्थलको सेवा छिटो र स्मार्ट बनाउन आग्रह गर्दै यात्रुहरुको लगेज औषतमा ४५ मिनेटमा पाइसक्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

औषतमा ४५ मिनेटभित्र यात्रु आफ्नो लगेज लिएर विमानस्थलबाट बाहिर निस्कन सक्नुपर्ने मन्त्री भट्टराईले बताएका छन् । अहिले पनि २०/२५ मिनेटपछि एक घन्टासम्ममा यात्रुहरुले लगेज पाइरहेको विमानस्थलले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?