काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले आगामी मंसिर १४ गते हुने स्थानीय तहको उपचुनावमा उम्मेदवारी दिने भएको छ ।
केन्द्रीय सदस्य अब्दुल खानले पार्टीबाट उम्मेदवारी दिने निर्णय भएको जनमत पार्टीले जनाएको छ । जनमत पार्टीले संघ र प्रदेशसभा क्षेत्रका लागि भने उम्मेदवारी नदिएको सिके राउतले बताएका छन्।
जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खान भन्छन्, ‘चुनावमा जाने निर्णयअनुसार जिल्लाबाट कम्तिमा ३ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गर्न आह्वान गरेका छौं, ‘कात्तिक २५ गतेभित्र आकांक्षी उम्मेदवारको नाम पार्टीमा पठाइसक्नुपर्छ।’
स्थानीय तहमा रिक्त पदका लागि कात्तिक २७ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख रहेको छ । मधेशलाई केन्द्र बनाएर छुट्टै प्रदेश माग राखेका सिके राउत प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न सहमति गर्दै मूलधारको राजनीतिमा आएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया