काठमाडौं- नेपाली कांग्रेसका संस्थापक नेता एवंम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
सिंहको जन्मजयन्तिको अवसरमा नेपाली कांग्रेस र कांग्रेसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
यसैबीच शोभा भगवतीमा रहेको सिंहको शालिकमा बिहान माल्यार्पण गरिएको छ ।
दिउँसो १ बजे ज्ञानेश्वरमा स्मृति सभा गर्ने तय भएको छ । साँझ ५ बजे नेपाल विद्यार्थी संघले शान्ति बाटिका रत्नपार्कमा द्धिप प्रज्वलन गर्ने कार्यक्रम छ ।
राणा शासनको अन्त्य तथा प्रजातन्त्रको वहालीका लागि सिंहको योगदानलाई अतुलनीय मानिन्छ । सिंह नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया