काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएकाहरूको अन्तिम नामावली आज प्रकाशित गर्ने भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानमा मंसिर १४ हुने उपनिर्वाचनका लागि आयोगले कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । प्रतिनिधिसभाको १ र प्रदेशसभाको ३ रिक्त स्थानका लागि ६५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आयोगले शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उजुरी दिने समय निर्धारण गरेको थियो । आयोगले २३ गते दिउँसो साढे १ बजेसम्म उजुरीउपर जाँचबुझ गरी उम्मेदवारहरूको नामावली प्रकाशन गरिसकेको छ । आइतबार उम्मेदवारी फिर्ता लिने समय दिएको आयोगले यो सकिएलगत्तै अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको निर्वाचन आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया