भारतको नयाँ नक्सामा नेपाली भूभाग : चौतर्फी बिरोध सुरु नेविसंघद्वारा आज पनि विरोध प्रदर्शन

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक र कालापानी पनि सभावेश गरिएपछि नेपालमा चर्को विरोध भएको छ। भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी र लिपुलेक क्षेत्रलाई समावेश गरेपछि यसको चौतर्फी बिरोध सुरु भएको हो । विभिन्न राजनीतिज्ञ तथा विधार्थी संगठनहरुले यसको विरोध गर्दै विभिन्न ठाउँमा प्रदर्शन गर्दै आइरहेका छन् ।
विभिन्न दलका भातृ संगठन नेपाल तरूण दल, नेपाल विद्यार्थी संघ ९नेविसंघ, अनेरास्ववियूलगायतले नक्साको विरोध गर्दै काठमाडौंमा प्रदर्शन गरेका थिए।


यसैबीच काठमाडौंको नेपालटारस्थित एन आर र ग्रामिण कलेजका नेविसंघले पनि भारतले सिमा मिचेको विषयलाई लिएर विरोध प्रदर्शन गरेका छन् । विद्यार्थी नेता स्वेच्छा उप्रेतीको नेतृत्वमा गरिएको प्रदर्शनमा सुशान्त सिटौला, मातृका प्रसाद उपाध्याय, सिलाश थापा मगर लगायत एन आर र ग्रामिण कलेजका विद्यार्थी नेताहरुको उपस्थिति रहेको स्वेच्छा उप्रेतीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?