काठमाडौं – भक्तपुर क्षेत्र नम्बर १ ‘क’ मा हुने उपनिर्वाचनमा पूर्वमाओवादीलाई टिकट दिइएको विरोधमा पूर्वएमाले नेता–कार्यकर्ताले पार्टी (नेकपा) भक्तपुर कार्यालयमा तालाबन्दी गरेपछि भाँडभैलो मच्चिएको छ ।
भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेकपा सचिवालयले देवीप्रसाद ढकाल (डीपी)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । तर पूर्व एमालेका नेता कार्यकता यो निर्णयबाट असन्तुष्ट हुँदै निर्णय फिर्ता लिनुपर्ने माग गर्दै मूलढोकामै ताला लगाएर आक्रोश पोखिरहेका छन् । असन्तुष्ट समूहले पार्टी केन्द्रले निर्णय नसच्चाए मतदान बहिष्कारसम्मको चेतावनी दिएको छ ।
भक्तपुरमा ०७४ सालको चुनावमा माओवादीले पाएको टिकट तत्कालीन एमालेले जबर्जस्ती खोसेर लगेको पूर्वमाओवादी नेताहरुको गुनासो छ । अहिले पनि त्यहाँ पूर्वमाओवादीलाई टिकट दिएकोमा पूर्वएमालेले नपचाएको गुनासो पूर्वमाओवादीका नेताहरुको छ । भक्तपुर– १ (क) नेकपाको प्रभाव क्षेत्र हो । विशेषतः पूर्वएमालेको । एमाले–माओवादी केन्द्र गठबन्धन बनाएर देशभर चुनावमा होमिएको भए पनि भक्तपुर– १ ९क०मा छुट्टाछुट्टै प्रतिस्पर्धामा उत्रिएका थिए ।
अघिल्लो निर्वाचनमा एमाले–माओवादी गठबन्धनविरुद्ध ढकालले बागी उम्मेदवारी दिएकाले उनलाई अहिलेको निर्वाचनमा टिकट दिन नहुने पूर्वएमालेका कार्यकर्ताहरुको तर्क छ ।
भक्तपुरको यो घटनाले पार्टी एकता भए पनि पूर्वएमाले र पूर्वमाओवादीबीच अझै मन नमिलेको स्पष्ट देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया