काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपनिर्वाचनका लागि केही उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको नेकपा सचिवालय बैठकले प्रतिनिधिसभामा कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बैठकले प्रदेशसभामा भक्तपुरबाट देवीप्रसाद ढकाल र दाङबाट बिमला ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा सदस्य तथा स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचन हुँदै छ ।
श्रेष्ठका अनुसार बाग्लुङ २ खमा भने राष्टिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ।
यस्तै धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया