पर्यटनमन्त्री भट्टराई नोभेम्बेर ४ मा बेलायत जाने

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई बेलायत भ्रमणमा जान लाग्नुभएको छ ।

लण्डनको एक्सेल एक्जिविशन सेन्टरमा हुन गइरहेको वल्र्ड ट्राभल मार्टमा सहभागी हुन मन्त्री भट्टराई नोभेम्बेर ४ देखि ७ सम्म बेलायत जान लाग्नुभएको हो ।

भ्रमणका क्रममा भट्टराई नेपाली दूतावास लण्डनले आगामी मंगलवार दुतावास भवनमा आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

नेपाली दुतावास लण्डन र नेपाल पर्यटन बोर्डको आयोजनामा हुन लागेको नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धन समारोहमा विदेशी पर्यटन क्षेत्रका पाहुनाहरुको उल्लेख्य सहभागिता हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?