काठमाडौं । बिदेशबाट प्राप्त रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउनको लागी कृषि बिकास बैंक र एनआरएन पार्टनर कम्पनीबीच अफिसियल पार्टनरका रुपमा कारोबार गन सम्झौता भएको छ ।
सम्झौतामा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र एनआरएन पार्टनर कम्पनी र आईडिया फर नेपाल प्रालिको तर्फबाट अध्यक्ष गोकर्णप्रसाद श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।
विदेशबाट प्राप्त हुने रेमिट्यान्स रकमलाई उत्पादन क्षेत्रमा उपयोग गर्न थप मद्दत पुग्ने भन्दै बैंकले व्यावसायिक कृषि, पर्यटन होटल ई–पारकिङ, रेमिट्यान्स र भुक्तानी सेवा व्यवसाय थप वृद्धि हुने पनि जनाएको छ । उक्त अवसरमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि विकास बैंकलाई अफिसियल बैंकिङ पार्टनरका रूपमा सेवा गर्ने मौका दिएकोमा सम्बद्ध पक्षलाई धन्यवाद दिँदै यस सम्झौताले भविष्यमा रेमिट्यान्स व्यवसाय अभिवृद्धिका लागि थप टेवा पुग्नका साथै रेमिट्यान्स रकमको पूर्ण सदुपयोग गर्न र विदेशमा रहने नेपालीहरूले नेपालमा रकम पठाउन थप सहज र सरल हुनसमेत मद्दत पुग्ने समेत बताउनुभयो ।
कृषि विकास बैंकलाई आफ्नो अफिसियल बैंकिङ पार्टनरका रूपमा सहकार्य गर्ने मौका प्रदान गरेकोमा कृषि विकास बैंक परिवारलाई हार्दिक धन्यवाद दिँदै अध्यक्ष गोकर्णप्रसाद श्रेष्ठले भविष्यमा यस सम्झौताले दुर्गम ग्रामीण क्षेत्रहरूमा रेमिट्यान्स सेवालाई सहज र सरलसहित पहुँच वृद्धि गर्न सम्भावित सहकारी तथा व्यक्तिहरूलाई एजेन्टका रूपमा परिचालन गर्न सकिने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया