कांग्रेसको चियापान समारोहमा जे देखियो (फोटोफिचर)

काठमाडौं । नेपाली कांग्रेसले आज कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।

कांग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै विजयादशमी, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज दिउँसो १ देखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पुर्वाप्रधानमन्त्री एव नेकपाका नेता झलनाथ खनाल, पुर्वाप्रधनामन्त्री एवं समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराई, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगाएत शिर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

हेर्नुहोस कांग्रेसको चियापन समारोहमा लोकपथको लेन्सबाट जे देखियो :

तस्वीर : बिप्लव जमकटेल

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?