काठमाडौं, २४ पुस । एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरणका विषयमा दुवै पार्टी आन्तरिक छलफलमा जुटेका छन् दुवै पार्टीका अध्यक्षबीच आइतबार साँझ भएको भेटवार्ताका निर्णयअनुसार दुई पार्टीबीच आज आन्तरिक छलफलपछि भोलि (मंगलबार) एकता संयोजन समितिको बैठक राख्ने तयारी भएको बताइएको छ आइतबार साँझ एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा भएको सहमतिअनुसार दुवै पार्टी आन्तरिक छलफलमा जुटेका हुन् दुई पार्टीका अध्यक्षबीच पार्टी एकताको प्रक्रियालाई छिट्टै टुंगो लगाउने सहमति भएपनि पार्टी र सरकारको नेतृत्वको बाँडफाँड कसरी गर्ने भन्नेबारेमा टुंगोमा पुगेका छैनन् पार्टी एकता र सरकार गठनको विषयमा छलफल गर्न एमाले स्थायी कमिटीको बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो २ बजे बस्ने बैठकमा पार्टी एकता, सरकार गठन र राष्ट्रिय सभाको निर्वाचनलगायतका विषयमा छलफल हुने बताइएको छ यस्तै नेकपा माओवादी केन्द्र पनि पार्टी एकताको विषयमा आन्तरिक छलफलमा जुटेको छ । माओवादी केन्द्रको बैठकको समय भने तय भइसकेको छैन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हिजो भएको छलफलमा कार्यदल बनाएर एकीकृत पार्टीको वैचारिक र संगठनात्मक संरचना टुंग्याउने सहमति भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया