दुई हप्ता लामो सिंगापुर बसाइपछि प्रधानमन्त्री ओलीको सक्रियता बढ्यो

काठमाडौँ । दुई हप्ता लामो सिंगापुर वसाईपछि शुक्रबार स्वदेश फर्किनुभएका प्रधामन्त्री केपी शर्मा ओली राजनीतिक भेटघाटमा सक्रिय देखिनुभएको छ । शुक्रबार दिउँसो करिब १ बजे स्वदेश फर्किनुभएका ओली र उहाँका पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ । छलफलका लागि अध्यक्ष दाहाल स्वयम् ओलीलाई भेट्न बालुवाटार पुगेको र ओलीको स्वास्थ्य अवस्थाबारे विस्तृतमा जानकारी लिएको बुझिएको छ । भेटका क्रममा ओली र दाहालबीच राजनीतिक छलफल पनि भएको स्रोतको भनाई छ । यद्यपि उक्त छलफल आगामी पार्टी एकता र सचिवालय बैठकको मिति तय गर्ने सम्बन्धमा भएको थियो ।

सिंगापुर जानुअघि अध्यक्ष दाहाललाई शक्तिशाली बनाउँदै पार्टीको निर्णय गर्ने अधिकार सुम्पिनुभएको थियो । तर, निर्णय गर्दा दाहालले ओलीसँग कुनै समन्वय नगरेपछि ओलीमा असन्तुष्टि बढेको बुझिएको छ । ओलीले आफ्ना निकटका नेताहरु बामदेव गौतम र विष्णु पौडेललाई सिंगापुरमै बोलाएपछि नेकपाभित्र नयाँ समीकरणको विकास भएको जस्तो देखिन्छ ।

स्रोतका अनुसार पछिल्लो समय माधवकुमार नेपाललाई एक्लो बनाएर ओली र प्रचण्ड नजिक हुन खोजिएको भनिएपनि प्रचण्डलाई नेतृत्वबाट बञ्चित गर्न ओली–नेपाल पुनः जुटेको अनुमान गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?