प्रधानमन्त्री ओली भोली स्वदेश फर्किँदै, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भोली स्वदेश फर्किँदै हुनुहुन्छ । स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओली उपचार प्रक्रिया पूरा गरेर स्वदेश फर्किन लाग्नुभएको हो ।
प्रधानमन्त्री ओली शुक्रबार दिउँसो १२ बजे काठमाडौँ आइपुग्ने जनाइएको छ ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिलिप शर्माका अनुसार सातौँ पटकको प्लाज्माफेरेसिस सफल भएको छ । भने, प्लाज्माफेरेसिसको रिपोर्ट सकारात्मक आएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा डा. दिव्यसिंह शाह र डा. दिलिप शर्माले आलोपालो गरी निगरानी गर्दै आउनुभएको छ ।

प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर जानुभको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?