उत्तर कोरियाका दुई मिसाइल म्यानमाथि अमेरिकाले लगायो प्रतिबन्ध

वासिंगटन, १२ पुस । अमेरिकाले उत्तर कोरियाको मिसाइल कार्यक्रममा अहम भूमिका खेलेका दुई अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।अमेरिकाले उत्तर कोरियाको ब्यालिस्टिक मिसाइल कार्यक्रमका पछि किम जोङ–सिक र रि प्योङ–चोलको हात रहेको बताएको छ ठोस इन्धनबाट चल्ने मिसाइल विकसित गर्नमा किम जोङ–सिकको महत्वपूर्ण भूमिका रहेको मानिन्छ भने अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको निर्माणमा रि प्योङ–चोलको भूमिका रहेको छ गत साता संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको ताजा प्रतिबन्धमा पनि यी दुई उत्तर कोरियाली अधिकारीको नाम थियो उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गर्दा सार्वजनिक हुने तस्बिरमा यी दुवै जना नेता किम जोङ–उनको साथमा देखिने गरेका छन् यी दुवै जनालाई किम जोङ–उनले नै चयन गरेको समाचार एजेन्सी रोयटर्सले गत मेमा दाबी गरेको थियो उत्तर कोरियामाथि हालै सुरक्षा परिषदले लगाएको कडा प्रतिबन्धअनुसार पेट्रोलियम आयातमा ९० प्रतिशत सम्म कमी आउने बताइएको छ । उत्तर कोरियाले यसलाई युद्ध छेड्ने हर्कत भएको बताउँदै आएको छ यसैबीच रुसले उत्तर कोरियाकाविरुद्धमा अमेरिकाको आक्रामक बयानबाजी आफूलाई स्वीकार्य नभएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?