काठमाडौं–एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दोस्रो चरणको निर्वाचन अघिनै कांग्रेसले पराजय स्वीकार गरिसकेको बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको मिडिया डेस्कले आईतबार गरेका अन्तरक्रियामा नेता नेपालले कांग्रेसले हार स्वीकार गरेकै कारण जनताबीच एजेण्डाभन्दा वाम गठबन्धनविरुद्ध कू–प्रचार बढी गरिरहेको दाबी गरे ‘जनता वाम गठबन्धनलाई बहुमत दिएर जिताउन आतुर देखिएपछि अत्तालिएर कांग्रेस भ्रमपूर्ण कू–प्रचारमा लागेको छ, जनताको बीचमा आफ्ना एजेण्डा नभएपछि पहिले–पहिले जस्तै कम्युनिष्ट सरकार आए बुढाबुढी मार्न खाल्डो खन्छ भनिरहेका छन्’ नेपालले भने,‘त्यसैले कांग्रेसले दोस्रो चरणको चुनाव अगावै पराजय स्वीकार गरिसकेको छ ।’०४६ पछि तिनपटक बहुमत दिँदा पनि देश सम्हाल्न नसक्ने कांग्रेसलाई किन मत दिने भनेर जनताले प्रश्न गरिरहेको भन्दै नेपालले जनता यस पटक वाम गठबन्धनलाई बहुमत दिएर जिताउन आँतुर रहेको दाबी पनि गरे नेपालले पहिलो चरणको निर्वाचनले वाम गठबन्धनले प्रष्ट बहुमत ल्याउने संकेत देखिएको पनि बताए । ‘बिहानीले दिउँसोको संकेत गरेजस्तै पहिलो चरणको निर्वाचनले वामपन्थीको पक्षमा जनलहर देखिएको छ, अब देशमा बहुमतसहितको सरकार बन्छ’ नेपालको भनाई थियो पुर्व प्रधामन्त्री समेत रहेका नेपालले भ्रष्ट्राचार र ढिलासुस्तीको अन्त्य, कानुनी शासनको प्रत्याभूति, विकासको अभियान तीब्र बनाएर रोजगारीको अवसर सिर्जना गर्न तथा सुःखी नेपाली र समृद्ध नेपालको नारा साकार पार्न जनताले वाम गठबन्धनलाई जिताएर बहुमतको सरकार बनाउनुपर्ने बताए राष्ट्रिय पुँजीसँगै विदेशी पुँजी परिचालन गर्छौनेता नेपालले देशको समृद्धिका लागि वाम गठबन्धनले राष्ट्रिय पुँजीसँगै विदेशी पुजीलाई परिचालन गर्ने पक्षमा रहेको प्रष्ट पारे । विदेशी पँुजीलाई निषेध गर्छ भन्ने कांग्रेसको भ्रमपूर्ण प्रचारमा नपर्न लगानीकर्ताहरुलाई नेपालको आग्रह छ । ‘हामी अहिलेको खुल्ला बजारमा प्रतिस्पर्धालाई स्थापित गर्न चाहान्छौं, त्यस्तै जनशक्ति पनि उत्पादन गर्न चाहान्छौं, नेपालले थपे,‘लगानीका लागि राष्ट्रिय पुजी अभाव भयो भने विदेशी पुँजी परिचालनको पनि स्वागत गर्नेछौं ।’तालमेलमा कांग्रेसको खुवी देखियोनेपालले एमाले र माओवादी केन्द्रको चुनावी तालमेलले चुनावलगत्तै एकीकरणको रुप लिने पनि प्रष्ट पारे । ‘हामीले एकीकरणसमेत गर्नेगरी चुनावी तालमेल ग¥यौं, तर कांग्रेसले गरेको तालमेलको प्रयास देशैभर असफल भयो, नेपालले भने,‘यसबाट कांग्रेस पार्टीको खुबी र क्षमता प्रष्ट भएको छ ।’नयाँ शक्तिका उम्मेदवार सिम्खडा एमाले प्रवेशकार्यक्रममा नयाँ शक्ति पार्टी नेपाल काठमाडौं–२ का उम्मेदवार गणेश सिंखडा एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा सिंखडाले एमाले वरिष्ठ नेता नेपालको जित सुनिश्चित गर्न पार्टी प्रवेश गरेको घोषणा गरे ‘नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई राष्ट्रिय पार्टीका लागि संघर्ष गरिरहनुभएको छ, उहाँले जित्ने सम्भावना पनि नदेखिएकाले अब समृद्ध नेपाल बनाउने अभियान वाम गठबन्धनको सरकारबाट मात्र सम्भव हुने निष्कर्षका साथ म नेपाललाई सघाउन एमाले प्रवेश गरेँ’ सिंखडाले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया