एजेन्सी । उमेर ढल्किदै जाँदा दिमागका कोषहरु पनि निष्क्रिय हुदै र हराउँदै जान्छ । जब मानिसहरु ३५ वर्ष पुग्छन् तब ७ हजार दिमागका कोषहरु गुम्न थाल्छ । सायद यस्तो सुन्दा जो कोहिलाई पनि अच्चम लाग्न सक्छ । तर, नियमित रुपमा यौन सम्पर्क गर्नेको मानिसहरुको दिमागको कोषमा वृद्धि हुने अमेरिकास्थित प्रिन्सटन युनिर्भसिटिका वैज्ञानिकहरुले बताएको छ त्यस्तै, प्सल ओनमा सार्वननिक भएको एक अध्ययन अनुसार, सेक्सले स्मरण शक्ति रहेको दिमागको कोषहरुमा वृद्धि गराउँछ तनाव र निराशले स्मरण शक्ति हुने दिमागको हिपोक्याम्पसको आकारलाई सानो बनाउँछ । तर, व्यायाम र सेक्सले यस्तो प्रभावको डटेर प्रतिकार गर्छ । यसबाहेक सेक्सले दिमागको कोषलाई समाप्त हुनबाट बचाउँछ । तसर्थ, बुढेसकालसम्म पनि यौनका दृष्टिले सक्रिय वृद्धवृद्धा डिमेन्सिया रोगको शिकार हुनबाट बचाउँछ त्यस्तै, विज्ञहरुले दिएका जानकारी अनुसार, सेक्सको समयमा दुई ओठ यति कसिलो हुन्छ यो मुठी पारेको भन्दा सय गुण बढी हुन्छ । साथै चुम्बनले दिमागमा एउटा शक्ति पैदा गर्छ, जसले गर्दा तनाव न्यून गर्न रसायन निश्कासन गर्छ र मुडलाई रमाइलो बनाउँछ त्यस्तै, विज्ञहरुले भनेका छन्, सेक्सले दिमागमा रगतको प्रवाह बढाउँछ जसका कारण अक्सिजनको मात्रा पनि बढ्छ । ‘यौन गतिविधिको बेला दिमागमा भएको न्यूरोन सक्रिय र बढी अक्सिजनको उपयोग गरेको देखिन्छ ।’सेक्सले खुशी प्रदान गर्ने हर्मन उत्पादन गर्छ, साथै भटपट गरिने सेक्स भन्दा मायापूर्वक गरिने सेक्सले बढी हर्मन उत्पादन गर्छ यूनिर्भसिटि अफ क्यालिफोर्नियाका स्नायु सम्बन्धी विज्ञले भनेका छन्, ‘दिमागमा एउटा परिचित्र चक्र हुन्छ जसले मानिसलाई खुशी बनाइदिन्छ ।,’ सेक्सले डिप्रेसनको उपचार गर्नुका साथै दिमागमा न्यूरो ट्रान्समिटरलाई बढी चलायनमान बढाइ बढी रसायन उत्पादन गर्ने मद्दत गर्छ विभिन्न यौन स्वास्थ्य अनुसन्धानहरुले शारीरिक र मानसिक स्वास्थ्यलाई पनि ध्यान दिएका छन् । यौन कार्यले महिलालाई डर, त्रास र चिन्ताबाट मुक्त हुने विज्ञहरु बताउछन् ‘दिमागमा एउटा परिचित चक्र हुन्छ जसले मानिसलाई खुसी बनाइदिन्छ,’ युनिर्भसिटी अफ क्यालिफोर्नियाका स्नायुसम्बन्धी विज्ञ पउल थोम्पसन भन्छन् । सेक्सले डिप्रेसनको उपचार गर्नुका साथै दिमागमा न्युरो ट्रान्समिटरलाई बढी चलायनमान बढाई बढी रसायन उत्पादन गर्ने उनी बताउँछन् त्यस्तै, सेक्सलाई निन्द्राको औषधी नै भएको समेत बताउछन् । ‘यदि तपाइलाई रातभर निन्द्रा लागेको छैन भने सेक्सले औषधीको काम गर्छ,’ बिहान भन्दा रातको समयमा सेक्स उपयुक्त हुन्छ सेक्सले मांशपेशीलाई आनन्द दिने र काँध तथा घाँटीको दुःखाई कम गर्ने गर्छ । त्यस्तै, सेक्सले मुटुको रोग, हड्डी सम्बन्धी समस्या समाधान गर्ने, पुरुष तथा महिलालाई बढी उर्वर बनाउने, प्रोटेस्ट क्यान्सरबाट बचाउने र तौल घटाउन समेत प्रभावकारी सिद्ध हुने विज्ञहरु भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया