काठमाडौं, १७ मङ्सिर- काठमाडौँको बालाजु बाइपासबाट शनिबार साँझ १० किलो सुनसहित एक जनालाई पक्राउ गरिएको छ । सो सुन रसुवाको केरुङ नाका हुँदै काठमाडौं ल्याइएको थियो काठमाडौं प्रहरी परिसरले सिन्धुपाल्चोक घर बताउने फूलसिंह तामाङलाई अवैध सुनसहित पक्राउ गरेको हो । उनले मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर अवैध सुन काठमाडौं ल्याएका थिए काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले यसथप अनुसन्धान भइरहेको बताएको खबर राजधानी दैनिकमा छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया