काठमाडौं, १७ मङ्सिर- एमाले–नेकपा माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली कांग्रेस तथा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन दुवैले संघीय नेपालको पहिलो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन् चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन, एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका साथै राजपा नेपाल र फोरम नेपालको मधेसवादी गठबन्धन निर्वाचन प्रचारको समयावधि सकिनै लाग्दा आ–आफ्नै जोडघटाउ र दाबीमा रहेका हुन् केन्द्रीय सरकारसँगै प्रदेश सरकार पनि आफ्नै नेतृत्वमा रहने दाबी लोकतान्त्रिक एवं वाम गठबन्धन दुवैले गरेका छन् । मधेसवादी गठबन्धनले भने केन्द्रीय सरकार निर्माणमा भूमिका रहने र प्रदेश २ मा आफ्नै नेतृत्वमा प्रदेश सरकार बनाउने दाबी गरेको छ कांग्रेस नेता गोपालमान श्रेष्ठले देशैभरि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनप्रति जनलहर राम्रो भएकाले केन्द्रीय सरकारका साथै सातवटै प्रदेशमा लोकतान्त्रिक गठबन्धनकै नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन् उनले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले प्रतिनिधिसभातर्फको १ सय ६५ सिट र प्रदेशसभातर्फको ३ सय २० सिटमा ५५ प्रतिशत सिटसहित स्पष्ट बहुमत ल्याउने र आफ्नै नेतृत्वमा केन्द्रीय सरकारसहित सातवटै प्रदेशमा प्रदेश सरकार गठन गर्ने दाबी गरे एमाले महासचिव ईश्वर पोखरेलले स्थिर सरकार एवं समृद्धिको चाहना राख्ने नेपाली जनता वाम गठबन्धनका पक्षमा रहेको बताए । राष्ट्रिय राजनीतिको नेतृत्व, देश र जनताको समृद्धिको चाहना वाम गठबन्धनले नै पूरा गर्ने भएकाले दुई तिहाइभन्दा बढी सिट जित्ने दाबी उनले गरेका छन् । पोखरेलले प्रतिनिधिसभाको १ सय ६५ र प्रदेशसभाको ३ सय २० सिटमा वाम गठबन्धनले ८० देखि ८५ प्रतिशत सिट जित्ने दाबी गरे यस्तो छ आँकलनवाम गठबन्धन : दुई तिहाइलोकतान्त्रिक गठबन्धन : स्पष्ट बहुमतमधेसवादी दल : केन्द्रमा बलियो उपस्थिति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया