काठमाडौं, १६ मङ्सिर- प्रदेश तथा प्रतिनिधिसभाको २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचन सुरक्षाका दृष्टिले काठमाडौंका १ सय ४१ मतदानस्थललाई निर्वाचन आयोग र सुरक्षा संयन्त्रले संवेदनशील सूचीमा राखेको छ । काठमाडौंका ३ सय २० मतदानस्थलमध्ये संवेदनशील मानिएका १ सय ४१ मतदानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको निर्वाचन आयोग र काठमाडौं जिल्ला सुरक्षा समितिले जनाएका छन्, राजधानी दैनिकमा खबर छ काठमाडौंका ३ सय २० मतदानस्थलमा ७ सय ३१ मतदान केन्द्र छन् । जसमा १ सय ४१ मतदानस्थल संवेदनशील र १ सय ७९ मतदानस्थल सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सबैभन्दा बढी सुरक्षा चुनौती गोकर्णेश्वर नगरपालिका, कागेश्वरी नगरपालिका र तारकेश्वर नगरपालिकामा रहेको जिल्ला प्रशासन कार्यालयको निष्कर्ष छ कीर्तिपुर नगरपालिकामा २० मतदानस्थलमध्य १३ सामान्य र सात संवेदनशील छन् । दक्षिणकाली नगरपालिकामा १५ मतदानस्थल रहेकोमा ९ मतदानस्थल सामान्य र ६ मतदानस्थल संवेदनशील रहेका छन् आयोगका अनुसार १३ मतदानस्थल रहेको कागेश्वरी मनोहरा नगरपालिकामा २ मतदानस्थल सामान्य र ११ मतदानस्थल संवेदनशील छन् । यसैगरी, १४ मतदानस्थल रहेको शंखरापुर नगरपालिकामा आठ सामान्य र ६ वटा संवेदनशील छन् । गोकर्णेश्वर नगरपालिकामा १७ मतदानस्थल रहेका छन् । जसमा १ सामान्य र १६ मतदानस्थल संवेदनशील छन् । यसैगरी, १९ मतदानस्थल रहेको बूढानीलकण्ठमा ११ मतदानस्थल सामान्य र ८ मतदानस्थल संवेदनशील रहेको काठमाडांै प्रशासनले जनाएको छ यसैगरी, टोखा नगरपालिकामा १५ मतदानस्थल छन् । यहाँ ९ सामान्य र ६ मतदानस्थल संवेदनशील छन् । तारकेश्वर नगरपालिकामा १४ मतदानस्थल रहेकोमा २ मतदानस्थल सामान्य र १२ मतदानस्थल संवेदनशील रहेको उसको भनाइ छ नागार्जुन नगरपालिकामा १५ मतदानस्थल छन् । ९ मतदानस्थल सामान्य र ६ मतदानस्थल संवेदनशील रहेका छन् । यस्तै, चन्द्रागिरि नगरपालिकामा २२ मतदानस्थल रहेकोमा १० मतदानस्थल सामान्य र १२ मतदानस्थल संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया