शशांकको दाबी : चुनावमा सबैभन्दा ठूलो दल कांग्रेस नै हुन्छ

काठमाडौं, १५ मंसिर— कांग्रेस महामन्त्री शशांक क कोइरालाले चुनावमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नै हुने दाबी गरेका छन् “म देशभरका साथीभाइसँग सम्पर्कमा छु । कांग्रेसको पक्षमा जनलहर आइरहेको सुचना आएको छ ।” कोइरालाले भने नवलपरासीमा आफ्नो जित सुनिश्चित भएको उनको भनाई छ । चुनाव जितेपछि आफू प्रधानमन्त्री बन्ने बाटो खुल्ने उनले बताए यद्यपी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत धेरै सिनियर नेताहरु भएकाले आफू नै प्रधानमन्त्रीको एक्लो दाबेदार नभएको उनले प्रष्ट पारे राजनीति गरेकै सत्ताको नेतृत्वका लागि भएको अर्थ लगाउँदै कोइरालाले निर्णायक भूमिकामा पुग्ने चाहना सबैमा हुने बताए । पार्टीको प्रक्रियाअनुसार को प्रधानमन्त्री बन्ने भन्ने टुङ्गो लगाइने उनले बताएका छन् चुनावपछि शशांक कोइराला संसदीय दलको नेता बन्ने हो ? सिधा प्रश्नको सिधा जवाफ दिनुस् है, धमलाको प्रश्न थियो । कोइरालले भने सिधा प्रश्न भए पनि सिधा जवाफ हुन नसक्ने बताए “शेरबहादुरजी हुनुहुन्छ, रामचन्द्र हुनुहुन्छ, तब पो म छु ।” उनले आफू तेस्रो बरियातामा रहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?