कांग्रेस उम्मेदवार डा.पोखरेललाई उम्मेदवारी फिर्ता लिन माओवादी नेताको सुझाव

प्युठान, १५ मंसिर । नेकपा माओवादी केन्द्रका नेता मणि थापाले नेपाली कांग्रेसको तर्फबाट प्यूठान प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका डा. गोविन्दराज पोखरेललाई उम्मेदवारी फिर्ता लिएर वाम गठबन्धलाई समर्थन गर्न सुझाव दिएका छन् कांग्रेस उम्मेदवार पोखरेलले भूकम्प प्रभावित जनताहरुलाई अलपत्र छोडेर राजनीतिमा लागेको भन्दै थापाले आलोचना गरेका थिए डा. पोखरेल राष्ट्रिय पुननिर्माण प्रधिकरणको सीईओ पदबाट राजीनामा दिएर नेपाली कांग्रेसका तर्फबाट प्युठान प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका हुन् प्युठानको बरौंलामा आयोजित जनसभालाई सम्बोन गर्दै नेता थापाले भने, ‘पोखरेल चुनाव सकिएपछि फेरि कुन एनजीओमागएर जागिर खाने भन्ने चिन्ता गर्दै छन्,’ साथै, तपाइलाई वाम गठबन्धकै सरकारले फेरि पनि प्रविधिकरणको सीईओ बनाउने छ । आफ्नो उम्मेदवारी खारेज गरेर वाम गठबन्धलाई निर्वाचनमा समर्थन गर्न भनेका छन् दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि पुसको पहिलो साता देशले वाम एकताको बहुमतको सरकार पाउने माओवादी नेता थापाको भनाइ छ एकमात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा कांग्रेसबाट डा. पोखरेल र वाम गठबन्धनबाट दुर्गा पौडेल प्रतिनिधिसभा सदस्य उम्मेवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?