चितवन, १५ मंसिर । पूर्वअर्थमन्त्री एवं चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डेले राष्ट्रको रक्षाका लागि वाम सरकार आवश्यक भएको दाबी गरेका छन् चितवन क्षेत्र नं १ अन्तर्गत स्थानीय खैरहनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले वाम शक्तिको सरकारले मात्रै देश विकास गर्न सक्नेमा जोड दिएका थिए एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेता पाण्डलेले बिहीबार यहाँको खैरहनी नगरपालिका–४ चैनपुर, शिवालयचोकमा आयोजित सभामा भने, “अबको निर्वाचन पछि वाम शक्तिको सरकार बन्छ, अनि देश विकास र समृद्धितर्फ अघि बढ्छ ।”राष्ट्रको रक्षाका लागि नै वाम एकता गरिएको उनको भनाइ थियो निजामती कर्मचारी विभिन्न दलको चुनाव प्रचार प्रसारमा सक्रिय रहेकामा आपत्ति जनाउँदै उनले सरकारको नून खाएर एउटा पार्टीको प्रचारमा नलाग्न कर्मचारीलाई आग्रहसमेत गरे सो क्रममा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (ख)का उम्मेदवार कृष्ण खनालले स्थानीय क्षेत्रको विकाससँगै समग्र राष्ट्रकै विकासका लागि वाम शक्तिलाई सहयोग गर्नुपर्नेमा जोड दिए । चितवन क्षेत्र नं १ को लोकतान्त्रिक गठबन्धनअन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले निर्वाचन जितेर आफ्नो क्षेत्रको परिवर्तन गर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया