रौतहट, १५ मंसिर । रौतहटको गरुडा नगरपालिका–५ महमदपुरमा प्रहरी र राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताबीच झडप भएको छ प्रहरी र राजपा नेपालका कार्यकर्ताबीच गएराति झडप हुँदा रौतहटको गरुडा नगरपालिदका ५ महमदपुर तनावग्रस्त भयो २०६२–०६३ को मधेश आन्दोलनका दृश्यहरु प्रोजेक्टरको माध्यमबाट देखाउँदै राजपा नेपालले चुनाव प्रसार गरिरहेको बेला प्रहरीले रोक्न खोज्दा उक्त झडप भएको हो प्रहरी र राजपा नेपालबीच भएको झडपमा बालकसहित पाँचजना घाइते भएका छन् । घाइतेहरुको रौतहटको चपुर, गरुडा र गौरका अस्पतालहरुमा उपचार भइरहेको छ । साथै सो झडपमा परि प्रहरी तर्फपनि केही घाइते भयको जनाइएपनि के कति संख्या रहेको भन्ने खुलाइएको छैन महमदपुरमा मधेश आन्दोलनका दृश्यहरु देखाइएको प्रोजेक्टर नियन्त्रणमा लिन खोजेपछि राजपा दलका कार्यकर्ताहरुले प्रहरीलाई घेरा हालेका थिए । त्यस लगत्तै प्रहरीले हवाई फायर र टियर ग्यास प्रहार गरेको थियो त्यस्तै स्थानीयबासीले दिएका जानकरी अनुसार, प्रहरीले गाउँका चोक–चोकमा पुगेर टियर ग्यास प्रहार गर्नुको साथै ५० राउन्ड हवाइ फायर भएको दाबी गरेका छन् । साथै प्रहरीले २० राउण्ड मात्र हवाइ फायर भएको प्रहरी स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया