भरतपुर, १५ मङ्सिर- पुत्र वियोगको तेस्रो दिन मंसिर ५ मा भरतपुरमा आएका माओवादी केन्द्रका अध्यक्ष एवं क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहालले संयुक्त चुनावी सभामा सम्बोधन गरेनन् । दाहालपुत्र प्रकाशको मंसिर ३ मा काठमाडौंमा निधन भएको हो ।पुत्र शोकमा रहेका बेला पनि सभामा उपस्थिति भएको घटनालाई भरतपुरका स्थानीयले गम्भीर र संवेदनशील रूपमा लिएका छन् पुत्र शोकको पीडालाई विस्तारै भुल्दै दोस्रोपटक सपरिवार भरतपुर पुगेका दाहालले यसपटक भने चुनावी अभियानका क्रममा घरदैलोलाई तीव्रता दिएका छन् । दाहालले माओवादी सशस्त्र युद्धका बेला ३९ जनाको ज्यान लिने गरी गराइएको स्थल माडीमा आयोजित चुनावी सभामा सम्बोधन गरी माडी घटना सशस्त्र युद्धकालकै सबैभन्दा दुःखद भनी टिप्पणी गर्न भ्याए । यो सम्बोधनपछि दाहालको पक्षमा त्यहाँका मतदाता उभिनसक्ने अवस्था बनेको माओवादी कार्यकर्ता बताउँछन् । नेपालको चुनावमा ‘सेन्टिमेन्ट’ ले पनि अर्थ राख्ने गरेको छ । विगतका केही यस्ता उदाहरण पनि छन् दाहाललाई पनि पुत्र शोकमा रहेको सेन्टिमेन्टले मद्दत गर्ने अनुमान लगाउने पनि कम छैनन् ‘प्रकाश साँच्चिकै प्रकाश थियो । उसले जनताको भावना बुझेर माओवादी अध्यक्षलाई काम गर्न सघाउँथ्यो’, मेघौलीका ७५ वर्षीय नील चौधरी सम्झन्छन् । उनले भने, ‘दाहालपुत्री रेणु भरतपुर महानगरको मेयरमा उठेका बेला खानेपानीका लागि आवाज उठाउँदा प्रकाशले आफैंले रकम निकासा गरे । आफूले दाहाललाई नचिने पनि उनका छोराको सहयोगको गुन तिर्छु ।’ कांग्रेस कार्यकर्ता उनी यसपटक भने प्रकाशको सहयोगप्रति नतमस्तक छन् । ‘पिता पुष्पकमलसँगै प्रकाश नदेख्दा आँखा रसायो’, उनले भने, ‘यस्तो आपत कसैलाई नपरोस् ।’वैशाख ३१ मा सम्पन्न स्थानीय तह चुनावमा प्रकाशले खेलेको भूमिकाबाट त्यहाँका माओवादी मात्र नभएर सर्वसाधारणमा पनि सकारात्मक छाप परेको रहेछ, अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया