देउवा स्टाइल : सिधै माइक, छोटो भाषण

वीरगञ्ज, १५ मङ्सिर- सम्भवतः चुनावी अभियानमा सबैभन्दा छोटो भाषण गर्नेमा पर्छन्, प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा। धेरैजसो चुनावी सभामा उनी बढीमा ५/७ मिनेट बोल्छन्, आफ्ना कुरा राखिसकेपछि हेलिकप्टर चढ्छन् र अर्को ठाउँमा हुने चुनावी सभामा पुग्छन्बिहीबार सर्लाही सदरमुकाम मलंगवामा आयोजित चुनावी सभामा दिउँसो २ बजे पुग्ने प्रयास गर्दागर्दै पनि उनी २ घण्टा ढिला पुगे। हेलिकाेप्टर लिएर कार्यक्रम स्थल आएका उनी मञ्चमा नगई सिधै ड्यासमा पुगे। आउनेबित्तिकै भाषण थालेका देउवाले पाँच मिनेट भाषण गरे। सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रबाट चुनाव लडेका आफ्ना उम्मेदवारह नाम पढेर उनले भोट मागे। उनी भाषण सकिने बित्तिकै हेलिकप्टरमा चढेर काठमाडौं प्रस्थान गरे५ मिनेटको भाषणमा देउवाले कांग्रेसले बहुमत ल्याएमात्र नेपाली जनता मालिक हुने जिकिर गरे। एमाले मधेस विरोधी पार्टी भएको आरोप लगाए, अन्नपूर्णमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?