काठमाडौं, १४ मंसिर— भनिन्छ, नुवाकोटमा अर्जुन नरसिंह केसी र रामशरण महतको जुंगाको लडाईँले नै पार्टी संकटमा पर्दै आएको छ । केसी र महतले पटक पटक लाग्ने गरेका यी आरोपलाई अस्विकार गर्दै आएपनि विगतमा कार्यकर्तास्तरबाटै चर्को आलोचना हुने गरेको थियो दुई नेताबीचको जुंगाको लडाईँ हुँदा एकले अर्कालाई सिध्याउने अभिप्रायले निकै अन्तर्घात हुने गरेको नुवाकोटका कांग्रेसका कार्यकर्ता खुलस्त बताउँछन् । यसकै असर गत बैशाखमा भएको स्थानीय तहको चुनावमा समेत देखिएको थियो । जसका कारण नै नुवाकोटमा कांग्रेस बलियो हुँदा हुँदै पनि धेरै तह गुमाउनु परेको बताइन्छ तर, स्वार्थको कारण गन्जागोल बनेको नुवाकोट कांग्रेस अहिले नाटकीय रुप लिँदै बलियो अवस्थामा देखिएको छ । बलियो अवस्थामा देखिनुको पनि गज्जवको कारण रहेको छ प्रदेश तथा प्रतिनिधिसभाको चुनावको मिति तय गरेर दलहरु चुनावी हिसाव कितावमा लाग्दै गरेको अवस्थामा दशैंको समयमा एमाले र माओवादी मिलेर बाम गठबन्धनको घोषणा गरे । सो सँगै नुवाकोटमा पनि स्वाभाविक रुपमा वाम गठबन्धन बन्दा कांग्रेस एक्लो बन्न पुग्यो । बलियो हुँदाहुँदै पनि कांग्रेस एक्लै भिड्नुपर्ने भएपछि अर्जुन नरसिंह (क्षेत्र नम्बर २) र रामशरण (क्षेत्र नम्बर १) यति संवेदनशील भएर लागिपरे कि उनीहरुको चलाखीपूर्ण राजनीति चुनावपछि मात्रै छताछुल्ल हुने क्रममा रहेको छ छताछुल्ल यसकारण कि विगतको जस्तो दुई नेताबीच कुनै अन्तरविरोध रहेन तर बाहिर मिले जस्तो पनि खासै देखिएन । उनीहरु भित्रभित्रै यसरी सहकार्य गरे कि चुनाव सकिँदासम्म बाम गठबन्धनको भोट समेत एकअर्कालाई पार्न सफल भएका छन् प्राप्त जानकारीअनुसार प्रदेशसभाको यसै भन्न सकिने अवस्था नरहे भएपनि प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ मा वाम गठबन्धन भनिएपनि भोट क्रस भएर कांग्रेसको पक्षमा परेको छ । जसका कारण वाम गठबन्धनमा खैलाबैला मच्चिन थालेको छ क्षेत्र नम्बर १ का एक माओवादी नेताले चुनावमा व्यापक भोट क्रम भएको आफूलाई लागेको भन्दै यसले नतिजा कस्तो आउँछ भन्नेमा आशंका उत्पन्न भएको बताए । जवकी चुनाव अघिसम्म वाम गठबन्धन फराकिलो मतान्तरले चुनाव जितिनेमा विस्वस्त थियो स्रोतका अनुसार विगतमा माओवादीलाई मत नपराउने एमाले तथा एमाले वा माओवादी विगतमाभोट हालेको भएपनि बाम गठबन्धन बनेको नरुचाउने न्युट्रल भोटरले कांग्रेसलाई भोट हालेका थिए । यतिमात्रै नभई बूढापाकाहरुले त ‘माओवादी उम्मेदवारलाई यो जात ठीक होइन’ भन्दै बरु कांग्रेसलाई भोटहाल्ने बताएका थिए बेलकोटगढीका ती मतदाताले विगतमा कांग्रेसले राम्रो काम गरेको र अब पनि उसैले गर्ने भन्दै रुख चिन्हमा भोटहालेका थिए हुन त चुनावको समयमा वाम गठबन्धनले विकासको एजेण्डालाई भन्दा पनि बृद्धाभत्ता बढाउनेलगायतका सपना देखाएर भोट मागेका थिए । राजनीतिक रुपमा केहि चेतनशील ठाउँको रुपमा गनिने नुवाकोटबासीले सपनालाई भन्दा यथार्थलाई मनन गरेर भोट हाल्ने निर्णय गरेको बुझिन्छ वाम गठबन्धनले सपना देखाएर भोट माग्दै गर्दा कांग्रेसले विकास निर्माणका फेरिहस्त देखाएर भोट मागेको थियो । यस्तै रोजगारीमा कांग्रेसबाट हुने पहुँचलगायतका कुरालाई कांग्रेसले समावेश गरेको थियो स्रोतका अनुसार अहिले नुवाकोटमै बसेर वाम गठबन्धन क्षेत्र नम्बर १ का माओवादी उम्मेदवार हितबहादुर तामाङ र क्षेत्र नम्बर २ का एमाले उम्मेदवार नारायण खतिवडा हारजितको हिसाव किताब गरिरहेका छन् । तर, विभिन्न गाउँ तथा नगरबाट प्राप्त रिपोर्टिङले उनीहरुलाई तनाव भएको बताइन्छ । जसरी ठूलो मनान्तरले विजयी हुनेमा उनीहरु विश्वस्त थिए त्यसरीभोट नसकेको पाइएपछि उनीहरु तनावमा रहेका हुन् यसो त महत र केसी पनि चुनाव जितिनेमा ढुक्क भने भएका होइनन् तर व्यापक भोट क्रम भएकाले थोरै मनान्तरले विजयी हुनेमा दुबै नेता विश्वस्त देखिएका छन्
यही विषयमा केसी र महतबीच केसीको विदूरस्थित घरमा छलफल भएको थियो । सो छलफलमा महत र केसी दुबैले बाम गठबन्धनका बीच पनि चुनाव जित्ने अवस्था देखिएको बताएका थिए स्मरण रहोस् लामो समयपछि महत—केसी यसरी पारिवारिक जस्तो वातावरणमा देखिएका हुन् । यसले हारजित जे भएपनि अब नुवाकोट कांग्रेस थप बलियो बन्ने देखिएको भन्दै कार्यकर्तामा उत्साह छाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया