विद्यासुन्दरको सरकारलाई यस्तो चेतावनी

काठमाडौँ, १४ मंसिर । काठमाडौ महानगरपालिकाले महानगरभित्रका विकास निर्माणका काम गर्दा महानगरको समन्वयमा गर्ने सहमति विपरित सरकारका विभिन्न निकायले काम गरिरहेको भन्दै महानगरले कारवाही गर्ने चेतावनी दिएको छ काठमाडौ महानगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम स्थानीय निकायको निर्वाचन सम्पन्न भएपछि महानगरभित्र सञ्चालित विकास निर्माणका काम महानगरको सहमति र समन्वयमा गर्ने भन्ने सरकारी निकायबाट सहमति र प्रतिवद्धता जनाइएपनि पछिल्लो समयमा प्रतिवद्धता अनुसार काम नभएको उल्लेख छ विज्ञप्तिमा सरकारले महानगरभित्र आफुखुसी सडक तथा सडक फुटपाथ भत्काउने मर्मत नगर्ने गर्दा महानगरको क्लिन द सिटी अभियान र जनस्वास्थ्यमा समेत प्रतिकुल असर परेकाले आगामी दिनमा सहमतिविना त्यस्ता काम नगर्न चेतावनी दिइएको छ त्यस्तै महानगरले सहमतिविपरित काम भइरहे आवाश्यक कारवाही गर्न बाध्य हुने पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?