ओलीको कटाक्षपछि डडेल्धुरामा अर्को घर किन्ने आरजूको घोषणा

धनगढी, १४ मंसिर । कैलाली क्षेत्र नं. ५ बाट चुनावी प्रतिस्पर्धा गरिरहेकी नेपाली कांग्रेसकी नेतृ आरजू देउवा राणाले डडेल्धुरामा अर्को घर किन्ने भएकि छिन् चुनावी प्रतिस्पर्धा कै क्रममा उनले हालै मात्र धनगढीमा घर किनेकि थिइन् । यहि घर किन्ने विषयमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘एक झोला पैसा हुँदैमा त्यहाँको बासिन्दा भइँदैन’ भन्दै व्यंग्य गरेका थिए यसै व्यंग्यलाई कांग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी आरजूले अब डडेल्धुरामा पनि अर्को घर किन्ने र त्यहाँबाट पनि राजनीति गर्ने बताएकि छिन् नेतृ आरजूले थप्दै भनिन्, मैले धनगढीमा घर किन्दा विपक्षी दलले ठूलै मुद्दा बनाएको थियो त्यस्तै, उनले भनिन्, मैले सुरुमा घर भाडामा दिन खोजेको थिए तर चित्त नबुझेपछि घर किनेको सोच बनाएर घर किने । होटेलमा बसेर चुनावी प्रचारप्रसार गर्ने स्थिति थिए साथै, डडेल्धुरामा आरजूले घर खरिद गर्नका लागि बैंकसँग ऋणको प्रक्रिया अघि सारिसकेको तर लेनदेन हुन भने बाँकि रहेको बताइन् । आजूरले ‘सेञ्चुरी बैंकबाट ऋणको प्रक्रिया अघि बढाएको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?