बहुचर्चित राष्ट्रिय कलाकार गजुरेल र आचार्यले दिए पोखरेललाई ४ उपमा !

महोत्तरी/बर्दिबास, १४ मंसिर – बहुचर्चित राष्ट्रिय कलाकार मनोज गजुरेल र टंक आचार्यले महोत्तरी जिल्ला क्षेत्र नम्बर -१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका गिरिराजमणि पोखरेललाई ४ उपमा दिएर सम्बोधन गरेका छन बर्दिबास नगरपालिका-११ खयरमारामा आयोजित चुनावी सभामा गजुरेल र आचार्यले गिरिराजमणि पोखरेल इमानदार, निष्ठावान, सादगी र राष्ट्रवादी नेता भएको भन्दै अत्याधिक मतले बिजयी गराउन महोत्तरीका जनतालाई आग्रह गरे गिरि भनेको सादगी, राज भनेको राज्य चलाउने बहुचर्चित राष्ट्रिय कलाकार गजुरेलले मन्त्री पोखरेलको नामको अर्थ खुलाउदै भने पोख रेल भनेको आफ्नै पौरखले चल्ने रेल अर्थात् स्वदेशी इन्धन ले चल्ने रेल आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनलाई बिजयी गराउन देशव्यापी अभियानमा हिडेका राष्ट्रिय कलाकार टोलि पोखरेललाई भोट माग्न महोत्तरी आइपुगेका हुन बिना बिभगिय मन्त्री पोखरेल देश हाक्ने क्षमता भएको इमान्दार र निष्ठावान नेता हुन गजुरेल ले भने : महोत्तरीका जनताले ऐतिहासिक अवसर पाउनुभएको छ । गिरिराजमणि पोखरेल जस्तो राष्ट्रवादी नेतालाई भोट हालेर बिजयी गराउन पाउनु तपाईंको सौभाग्य हो कुनै स्वार्थ नभएको, कुनै विवाद र अनियमिततामा नपर्नुभएको इमानदार नेता गिरिराजमणि पोखरेललाई मत माग्न महोत्तरी आएको प्रष्ट पार्दै गजुरेल र आचार्यले पोखरेल जस्तै बाम गठबन्धनका इमानदार नेताहरू लाई बिजयी गराउन अपिल गर्दै देशव्यापी अभियानमा हिडेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?