Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

कुरा मिले अझैपनि आइफा अवार्ड नेपालमै हुन्छ: प्रधानमन्त्री

बिप्लव जमकटेल २० असार २०७६, शुक्रबार १६:०५
photo:  google
photo: google
शेयर गर्नुहोस् Facebook

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइफा अवार्ड नेपालमा गर्न मन्त्रिपरिषद बैठकले निर्णय गरेको भन्दै उक्त निर्णय राम्रो नियतले गरिएको बताए ।

शुक्रबार पार्टी कार्यालय धुम्वाराहीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “पर्यटन वर्ष २०२० लाई सहयोग पुग्छ भनेर त्यो निर्णय गरेको हो । सुझबुजकै साथै त्यो निर्णय गरिएको हो । तर, यहाँ नकारात्मक टिकाटिप्पणी भए ।”

सरकार न्युन खर्चमा कार्यक्रम गर्न चाहेको पनि प्रधानमन्त्री ओलीले प्रष्ट पारे । उनले आइफा अवार्डबारे डील भइरहेको र कुरा मिले नेपालमै हुने पनि बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।