Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

काठमाडौंको गौरीघाटमा माइक्रोबस दुर्घटना, आठ जना घाइते

बिप्लव जमकटेल २० असार २०७६, शुक्रबार १२:०७
काठमाडौंको गौरीघाटमा माइक्रोबस दुर्घटना, आठ जना घाइते
शेयर गर्नुहोस् Facebook

काठमाडौं । काठमाडौंको गौरीघाटमा माइक्रोबस दुर्घटना भएको छ । रत्नपार्कबाट गोकर्ण चल्ने बा १ ज ६१३३ नम्बरको निलो रङको माइक्रो गौरीघाटमा पल्टिँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुइको अवस्था गम्भीर रहेको छ ।

घाइतेमध्ये पाँच जनाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ओम अस्पतालमा उपचारका लागि पुर्याइएका घाइतेहरुमा बौद्ध नयाँबस्तीका ४६ वर्षीय मिना लामा, सिन्धुली कुरुली घर भई जोरपाटी बस्ने २३ वर्षीया सरस्वती बस्नेत, सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने ३० वर्षीय गोविन्द चौलागाई, दोलखा मेलुङ घर भई बौद्ध नयाँबस्ती बस्ने ३४ वर्षीय नविन लामा र बसुन्धारा धापासी हाइट बस्ने ४५ वर्षीय भवानी दहाल छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।