Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

कांग्रेस अध्यक्षले पदबाट राजिनामा दिए (राजीनामापत्रसहित)

बिप्लव जमकटेल १८ असार २०७६, बुधबार १७:४६
कांग्रेस अध्यक्षले पदबाट राजिनामा दिए (राजीनामापत्रसहित)
शेयर गर्नुहोस् Facebook

काठमाडौं । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका छन् ।

उनले लोकसभा चुनाव २०१९ मा पार्टीले व्यहोरेको हारको जिम्मेवारी आफूले लिने बताउदैं पदबाट राजिनामा दिएका हुन् ।

राहुलले राजीनामाको घोषणासँगै एक पत्र ट्वीट गरेका छन्, जसमा उनले अरुलाई जवाफदेही बनाउनु अघि आफू पहिले जवाफदेही बन्न जरुरी रहेको बताएका छन् ।

‘भविश्यमा पार्टी विस्तारका लागि जवाफदेही महत्वपूर्ण छ । यही कारण मैले कांग्रेस अध्यक्षबाट राजीनामा दिएको छु’ उनले पत्रमा भनेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।