Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

जबरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्त पक्राउ

बिप्लव जमकटेल १७ असार २०७६, मंगलबार १५:२६
जबरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्त पक्राउ
शेयर गर्नुहोस् Facebook

काठमाडौं । जबरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर नखिपोट बस्ने पाँचथर फालेलुङ गाउँपालिका घर भएका २५ वर्षीय कुल बहादुर लिम्बु रहेका छन् ।

ललितपुर भैंसेपाटी बस्ने कैलालीकी १८ वर्षीया किशोरीलाई २०७५ चैत १२ गते जबरजस्ती करणी गरी फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा ललितपुर महानगरपालिका-४ नख्खु दोबाटोबाट फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।