ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग

लोकपथ
0
Shares

काठमाडौं । ह्याप्पी इनर्जी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेको हो ।

शुक्रबार कम्पनीका सञ्चालकहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठलाई २० लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम ग्रहण गर्दै मन्त्री श्रेष्ठले विपद्को कठिन परिस्थितिमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

उनले संकटका बेला नेपालीहरू एकजुट भएर एकअर्कालाई सहयोग गर्दै आएको उल्लेख गर्दै अहिले पनि त्यही भावना र सहकार्य आवश्यक रहेको बताए ।

मन्त्री श्रेष्ठले आर्थिक सहयोगसँगै नैतिक, भौतिक तथा प्राविधिक सहयोगको पनि उत्तिकै आवश्यकता रहेको बताए । विपद्को कठिन घडीमा ‘जसले जे सक्छ, त्यही सहयोग गर्नु’ अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?