गृहमन्त्रीको उपस्थितिमा मनसुन प्रतिकार्य कमान्ड पोष्टको आकस्मिक बैठक जारी

लोकपथ
0
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी आएपछि मनसुन प्रतिकार्य कमान्ड पोष्टको आकस्मिक बैठक बसेको छ ।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बैठक सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा पानीको बहाव अहिले निकै बढेको छ ।

बाढीका कारण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने त्रिशूली नदी तथा आसपासका क्षेत्रमा बस्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?