काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ३४ जना कर्मचारी करारमा नियुक्त गर्न दरखास्त आह्वान गरेको छ । बैंकले रक्षक, सिपाही, हलुका तथा बस चालक, डिस्पेन्सरी र कार्यालय सहयोगी पदमा आवेदन मागेको हो ।
बैंकका अनुसार भदौ ९ गतेदेखि भदौ २३ गतेसम्म अनलाइनबाट आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम दिनसम्म उम्मेदवारको उमेर ४५ वर्षभन्दा बढी हुनु हुँदैन ।
रक्षक पदमा १ जना, सिपाहीमा ४ जना, हलुका चालकमा ७ जना, बस चालकमा ३ जना, डिस्पेन्सरीमा २ जना र कार्यालय सहयोगीमा १७ जना माग गरिएको छ ।
रक्षक र सिपाही पदका लागि नेपाली सेनाबाट निवृत्तिभरण पाउने गरी अवकाश पाएको अनुभव आवश्यक छ । चालक पदका लागि कक्षा ८ उत्तीर्ण, सम्बन्धित क्षेत्रमा कम्तीमा ७ वर्षको अनुभव र चालक अनुमतिपत्र हुनुपर्नेछ ।
डिस्पेन्सरी पदका लागि स्टाफ नर्स वा डिप्लोमा फार्मेसी उत्तीर्ण गरी कम्तीमा ५ वर्षको कार्यअनुभव आवश्यक छ । कार्यालय सहयोगी पदका लागि कक्षा ८ उत्तीर्ण गरी सम्बन्धित निकायमा काम गरेको र निवृत्तिभरण पाउने गरी अवकाश पाएको हुनुपर्नेछ ।
छनोट भएका कर्मचारीसँग राष्ट्र बैंकले ६ महिनाको करार सम्झौता गर्नेछ । आवश्यकता अनुसार उनीहरूलाई केन्द्रीय कार्यालय तथा प्रदेशस्थित कार्यालयमा खटाउन सकिनेछ ।
दरखास्त दस्तुर ८ सय रुपैयाँ तोकिएको छ । इच्छुक उम्मेदवारले राष्ट्र बैंकको वेबसाइटमा रहेको ‘करियर’ खण्डबाट अनलाइन आवेदन दिन सक्नेछन् । सबै पदको परीक्षा काठमाडौंमा सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया