१२ लाखलाई रोजगारी दिने सरकारको लक्ष्य पूरा गर्न अटो बजार विस्तार गर्नुपर्छ : अन्जन श्रेष्ठ

लोकपथ
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले उद्योगी–व्यवसायीको कमजोर मनोबल सुधार गर्न सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्नुपर्ने बताएका छन् ।

मंगलबार नाडा अटो शोको उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले अहिले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै उद्योग सञ्चालन र निजी क्षेत्रको विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

उनका अनुसार उद्योगी–व्यवसायीको मनोबल कमजोर हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा परेको छ । सरकारले १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य पूरा गर्न अटो बजारको विस्तार आवश्यक रहेको उनले बताए ।

श्रेष्ठले अटो क्षेत्रको विकासले रोजगारी सिर्जना गर्नुका साथै अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने बताए । नेपालमा हरेक वर्ष करिब २० अर्ब रुपैयाँ बराबरका अटो पार्ट्स आयात हुने उल्लेख गर्दै उनले यस्ता सामग्री स्वदेशमै उत्पादन गर्ने उद्योग स्थापना गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले निजी क्षेत्रलाई विश्वासमा लिएर आवश्यक नीतिगत सहजीकरण गर्न सरकारसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?