एकैपटक २७ सहसचिवको सरुवा, को कहाँ ? [सूचीसहित]

लोकपथ
0
Shares

काठमाडौं । सरकारले एकैपटक राजपत्राङ्कित प्रथम श्रेणी अर्थात सहसचिवहरुको सरुवा गरेको छ ।

गत भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले २७ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

जसअनुसार हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वा सो मातहत रहेका सहसचिव वेदप्रसाद भण्डारीलाई अर्थमन्त्रालय वा अन्तर्गत राखिएको छ ।

यता रुद्रप्रसाद पण्डितलाई पूर्वाधार विकास मन्त्रालय वा अन्तर्गतबाट रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा कार्यरत नवराज ढकाललाई युवा श्रम तथा रोजगार मन्त्रालयमा सरुवा गरिएको छ ।

लगानी बोर्डको कार्यालयमा कार्यरत सहसचिव सुनिता नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

हेर्नुहोस् कर्मचारीको विवरण :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?