गरिमा चौधरी हत्या प्रकरणमा थप १ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–१ का प्रदीप खड्का रहेका छन् । उनी विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।

गरिमा भदौ २ गते जितपुर सिमरा उपमहानगरपालिका–१ मा मृत अवस्थामा भेटिएकी थिइन् । उनी घरबाट हराएको तीन दिनपछि मृत भेटिएकी हुन् ।

प्रहरीको अनुसन्धानअनुसार गरिमाको बलात्कारपछि हत्या भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?