नेपालमा भित्रियो शक्तिशाली विद्युतीय एसयूभी ‘एम हिरो’,नाडा अटो शोमा सार्वजनिक हुने

लोकपथ
140
Shares

काठमाडौं । चीनको प्रशिद्ध अटोमोबाइल कम्पनी डोङफेङको शक्तिशाली इलेक्ट्रिक एसयूभी एम हिरो नेपाल भित्रिएको छ ।

डोङफेङ एम हिरोको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धिले एम हिरो नेपाली बजारमा भित्राएको हो ।

उक्त एसयूभी आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
प्रतिष्पर्धी बन्दै गएको नेपाली ईभी बजारमा एम हिरोको आगमनले बजारमा नयाँ प्रतिष्पर्धी थपिएको बताइएको छ । नेपाली सडकको अवस्था अनुसार प्रस्तुती दिनसक्ने फिचर एम हिरोमा रहेको बताइन्छ ।

डोङफेङको एम हिरोमा जडिएको चारवटा मोटरले ८ सय किलोवाट पावर क्षमतामा टर्क उत्पादन गर्ने क्षमता रहेको छ । ४ दशमलव २ सेकेन्डमा नै १०० किलोमिटर प्रतिघण्टाको गति पार गर्न सक्छ ।

कम्पनीका अनुसार १४२।७ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । फूल चार्ज गर्दा ४५० किलोमिटरसम्मको रेन्ज दिन सक्छ । यसको ४५० किलोमिटरसम्मको रेन्ज पार गर्न सक्ने डब्ल्यूएलटीपी परीक्षणबाट मापन गरिएको कम्पनीले जनाएको छ ।

नेपालको उडबखाबड बाटोमा चलाउनका लागि अफरोड मोड समेत उक्त एसयूभीमा राखिएको छ, जसले चट्टानयुक्त बाटो, हिलो, गिट्टि बालुवायुक्त बाटोमा समेत सहजै चलाउन सकिनेछ ।

एम हिरोमा ठूलो स्क्रिनसहितको ड्यासबोर्ड, थ्री स्पोक स्टेयरिङ तथा विशेष डिजाइनका डोर ह्यान्डल दिइएको छ। यसको भित्री सजावटलाई विलासी र आधुनिक फिचर्स पाउन सकिन्छ ।

एमएडब्ल्यू समूहले नेपालमा यसअघि नै डोङफेङको विद्युतीय सवारीहरु बिक्री गर्दै आइरहेको छ । एमएडब्ल्यूले डोङफेङ तथा सेरेसका विद्युतीय सवारीहरु बिक्री गर्दै आइरहेको छ ।

उक्त एम हिरोको बजार मूल्य कति पर्छ भन्ने अहिले खुलाइएको छैन । प्रिमियम फिचर्ससहित बजारमा आएको उक्त एसयूभीको मूल्य नाडा अटो शोमा नै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?