एनएमबी क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

लोकपथ
0
Shares

काठमाडौं । एनएमबी क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट इकाईधनीलाई नगद प्रतिफल वितरण गर्ने भएका छन् ।

एनएमबी क्यापिटलको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले एनएमबी फिफ्टी, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-२ र एनएमबी हाइब्रिड फण्ड एल-२ का इकाईधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार एनएमबी फिफ्टीले ३.१५ प्रतिशत, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले १० प्रतिशत र एनएमबी हाइब्रिड फण्ड एल–२ ले ४.५ प्रतिशत नगद प्रतिफल वितरण गर्नेछन् । घोषित प्रतिफल करसहित रहेको कम्पनीले जनाएको छ ।

प्रतिफल वितरणका लागि तीनवटै योजनाको बुक क्लोज भदौ ८ गते हुने भएको छ । त्यसअनुसार बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कायम रहेका इकाईधनी प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।

कम्पनीका अनुसार नियामकीय स्वीकृति तथा आवश्यक प्रक्रिया पूरा भएपछि प्रतिफल वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?