प्रभु बैंकले ल्यायो आकर्षक घर तथा सवारीसाधन कर्जा योजना

लोकपथ
91
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडले ग्राहकलाई सहज वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यले आकर्षक घर तथा सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत बैंकले घर कर्जामा अधिकतम ३ करोडसम्म कर्जा उपलब्ध गराउने जनाएको छ। उक्त कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ । बैंकका अनुसार कर्जामा ०.५० प्रतिशत सेवा शुल्क तथा औसत आधारदरमा ०.५० प्रतिशत थप ब्याजदर कायम गरिएको छ ।

यो सुविधा देशभर रहेका बैंकका ३०० शाखामार्फत उपलब्ध हुने जनाइएको छ । योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतसम्भारका साथै घर निर्माणका लागि आवश्यक जग्गा खरिद गर्न चाहने ग्राहकले कर्जा सुविधा लिन सक्नेछन् ।

त्यस्तै, बैंकले व्यक्तिगत प्रयोजनका लागि सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी सवारीसाधन कर्जा योजना पनि सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत अधिकतम ७ वर्षसम्म कर्जा सुविधा उपलब्ध हुनेछ । सवारीसाधन कर्जामा पनि ०.५० प्रतिशत सेवा शुल्क तथा औसत आधारदरमा ०.५० प्रतिशत थप ब्याजदर कायम गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात पेस गरेको दुई कार्यदिनभित्र डेलिभरी अर्डर उपलब्ध गराइनेछ । यसबाट ग्राहकले आकर्षक ब्याजदरमा सवारीसाधन खरिद गर्न सहज हुने बैंकको विश्वास छ ।

प्रभु बैंकले नयाँ कर्जा योजनाले घर निर्माण तथा खरिद र व्यक्तिगत प्रयोजनका लागि सवारीसाधन खरिद गर्न चाहने ग्राहकको वित्तीय आवश्यकता सहज रूपमा पूरा गर्न सहयोग पुग्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?